fbpx

भीरबाट खसेर एक जनाको मृत्यु

 भोजपुर, पुस २६
भोजपुरमा मंगलबार भीरबाट खस्दा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लास्थित हतुवागढी गाउँपालिका-९, गैरीगाउँ निवासी ४१ वर्षीय नरबहादुर खपाङ्गी मगर रहेको भोजपुर प्रहरीले जनाएको छ । मंगलबार साँझ ६ बजे स्थानीय तित्री भन्ज्याङ्गको भीरबाट खसी ५० मिटर तल झरेका मगरको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Loading...