धरानमा तीनदिने इन्जिनियरिङ एक्स्पो हुने

0

 धरान, पुस २४
पुर्वाञ्चललाई प्रविधिको क्षेत्रमा पहिचान दिलाउने उद्देश्यले पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पस धरानका विध्यार्थीहरूले तीनदिने इन्जिनियरिङ एण्ड ईण्डष्ट्रिज एक्स्पो गर्ने भएका छन् । प्रदेश नम्बर १ स्तरीय एक्स्पोमा धरान र विराटनगरका ईन्जिनियरिङ कलेजका साथै सिरहा, सप्तरी, काठमाडौंलगायत विभिन्न स्थानका कलेजहरूबाट नयाँ प्रविधिको प्रर्दशनी गरिने भएको छ ।

क्याम्पसमा अध्ययनरत विध्यार्थीहरूको संस्था नेपाल तराई विध्यार्थी नवजागरण समाजको आयोजनामा पुस २६ गतेदेखि २८ गतेसम्म क्याम्पस परिसरमा इन्जिनियरिङका विध्यार्थीले तयार पारेका प्रविधि र उध्योगले प्रयोगमा ल्याएका प्रविधिको प्रदर्शन गरिने आयोजकले जनाएको छ । प्रदर्शनीमा रोबोट, सिभिल, इलेक्ट्रोनिक्स, मेकानिकल, एग्रीकल्चरजस्ता क्षेत्रमा भित्रिएका नयाँ प्रविधिको प्रर्दशनीसँगै त्यसको उपयोगिताको विषयमा जानकारी गराइने छ ।

विभिन्न कलेजका विद्यार्थीले तयार पारेका प्रविधिको प्रदर्शनीमा उत्कृष्ट प्रविधिलाई पुरस्कृत गरिने कार्यक्रम संयोजक रामशंकर मण्डलले बताए । उनले इन्जिनियरिङ अध्ययन गरिरहेका विध्यार्थीलाई प्रविधि प्रदर्शनले नयाँ सोचका साथ नयाँ सिर्जना गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । विध्यार्थीले तयार गरेको रोबोट वार प्रविधिको मोडल र रोबोटको मेस प्रतियोगितासमेत हुने भएको छ ।

करिब ५० वटा स्टल रहने एक्स्पोमा मैनावती ईण्डष्ट्रिज प्रालिले प्रयोगमा ल्याएका नयाँ प्रविधि पनि रहनेछन् । त्यसैगरी, मरुभूमिमा खेती गर्ने प्रविधि एरोपोनिक विधि तथा धान काट्ने नयाँ प्रविधि पनि प्रदर्शनीमा रहनेछन् । बिहान १० बजेदेखि ५ बजेसम्म चल्ने प्रदर्शनी प्रदेश नम्बर १ का २५ देखि ५० हजार विध्यार्थीले अवलोकन गर्ने अपेक्षा रहेको मण्डलले बताए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW