fbpx

जाडोले सप्तरीमा थप एकको ज्यान लियो

सप्तरी, पुस २४
पछिल्लो एक सातादेखि सप्तरीमा बढेको चिसोका कारण तिरुहत गाउँपालिकामा आज एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिरुहत गाउँपालिका-१ निवासी अन्दाजी ६५ वर्षीया भटनीदेवी यादव रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जनाइएको छ । मृतक महिलाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायबउपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । योसँगै सप्तरी जिल्लामा चिसोबाट मृत्यु हुनेको संख्या १६ पुगे पनि प्रहरीले भने छ जनाको मृत्युको मात्र पुष्टि गरेको छ ।

प्रतिक्रिया

Loading...