Nepali News Portal

वाम एकताको सरगर्मीले तात्यो राजनीति

0

 काठमाडौं, पुस २४
दुई वाम घटक एमाले र माओवादी केन्द्र पार्टी एकीकरणबारे सोमबारबाट छलफलमा जुटेका छन् । पार्टी एकिकरणको कार्य यथासिघ्र सम्पन्न गर्नेगरी दुबै दलका अध्यक्षबीच भएको समझदारीले छलफलको वातावरण बनेको हो । एमालेले सोमबार बस्ने स्थायी समितिको बैठकमा सरकार गठन र पार्टी एकिकरणको विषय उठाउने भएको छ ।

दिउँसो दुई बजेका लागि तय भएको सो बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचन पनि छलफलको महत्वपूर्ण विषयका रूपमा रहने छ । बैठक बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने भएको छ । यसैगरी, पार्टी एकीकरण र सरकार गठनकै विषयमा आन्तरिक छलफल गर्न भन्दै नेकपा माओवादी केन्द्रले पनि बैठक डाकेको छ । पार्टीका शिर्ष नेताहरूलाई राखेर छलफल गर्ने कार्यसुची रहेपनि बैठकको समय भने निर्धारण गर्न बाँकी रहेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालको भनाइ छ ।

दुबै पार्टीका अध्यक्षहरूबीच एकीकरणपछि बन्ने नयाँ पार्टीको सन्चालनबारे विशेष कार्यदल गठन गरी अध्ययन गर्ने र सोही आधारमा पार्टीलाई अगाडी बढाउने सहमति भएको थियो । सोही बैठकमा भएको सहमतिअनुरुप आन्तरिक छलफलको आयोजना भएको हो ।

पूर्वसहमतिअनुरुप नै आगामी मंगलबारका लागि पार्टी एकता संयोजन समितिको बैठक निर्धारण गरिएको छ । सो बैठकले पार्टी एकीकरणका लागि प्रस्तावित कार्यदल गठन गरी सोको क्षेत्राधिकारसमेत निर्धारण गर्नेछ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...