Nepali News Portal

नेवि संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0

 काठमाडौं, पुस २४
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विध्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

संघका प्रतिनिधिले प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेटी बुझाएको ज्ञापनपत्रमा देशका सबै चिसो प्रभावितका लागि तत्काल राहत उपलब्ध गराउनुपर्ने, युवा जनशक्तिका लागि रोजगारीको प्रत्याभूति दिनुपर्ने, प्रदेशस्तरमा उच्च शिक्षामा प्राविधिक शिक्षालाई समावेश गर्नुपर्ने, विध्यार्थीको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने, शैक्षिक प्रमाणपत्रका आधारमा युवाका लागि ऋणको व्यवस्था मिलाउनुपर्नेजस्ता सार्वजनिक सरोकारका विषयहरू समावेश छन् ।

ज्ञापनपत्र बुझाउन आएका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले चिसो प्रभावित क्षेत्रमा सरकारले तत्काल राहत पठाउने आश्वासन दिए । जनसरोकारका विषयमा आफ्नो धारणा सकारात्मक रहेको बताउँदै देउवाले विध्यार्थीले यसबारे ध्यानाकर्षण गराएकोमा खुसीसमेत व्यक्त गरे । ज्ञापनपत्र बुझाउँदै विध्यार्थी प्रतिनिधिले यथासिघ्र यसको कार्यान्वयन नभए आगामी पुस २६ गतेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रमका साथ सडकमा उत्रने चेतावनीसमेत दिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...