सृजना फ़ाइनेन्सको १७ औं वार्षिक उत्सव सम्पन्न, सेयरधनीले पाए बोनस

0

विराटनगर । सिर्जना फाईनान्स लिमिटेडको सत्रौं बार्षिक सधारण सभा बिराटनगर स्थित उद्योग संगठन मोरंगको सभाहलमा शनिबार सम्पन्न भएको छ ।

सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा शुरु भएको सो सभामा सञ्चालक सुवास आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत भबानी शंकर चापागाञीले सिर्जना फाइनान्सको बिगत र भाबी योजनाहरुका बारे चर्चा गर्दै निक्षेप, कर्जा र मुनाफाको हिसाबले नेपाल राष्ट्र बैकबाट स्वीकृत फाईनान्स कम्पनीहरु मध्ये सिर्जना फाईनान्स लिमिटेड उत्कृष्ट रहेको उदघोष गर्नु भयो । शेयर सदस्य तथा नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश नं. १ का बरिष्ठ उपाध्यक्ष श्री राजेज्द्र राउतले पूर्बको धरोहर सिर्जना फाईनान्सले गरेको प्रगती लोभलाग्दो रहेको बताउदै अव राष्टिय स्तरको बित्तीय संस्था हुन लागेकोमा शुभ–कामना दिनु भयो । बिराट व्यापार संघका अध्यक्ष शिब रिजालले साना तथा मझौला व्यबसायी बिच स्थापित र सहयोगी रहेको सिर्जना फाईनान्सले सो कार्य निरन्तरता दिने बिश्वास सहित शुभ कामना मन्तव्य दिनु भयो । कार्यक्रमको सञ्चालन प्रभाकर देबकोटा र धन्यबाद ज्ञापन सञ्चालक लिला ढुगेलले गर्नु भएको थियो ।

साधारणसभामा फाइनान्सले २०७४ असार मसान्तसम्मको नाफाबाट सो बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । यो प्रस्ताब पारित भएसँगै सिर्जना फाईनान्सको पूँजी ४० करोड ६ लाख माथि पुुगेको छ । साधारण सभाले बोनस शेयर बितरण पछि कायम हुने पूँजीको साठी प्रतिशत (दश शेयर बराबर छ शेयर) हकप्रद शेयर निष्काशन गर्ने निर्णय समेत गरेको छ । हकप्रद शेयर र चालु वर्षको मुनाफाबाट चुक्ता पूँजी ८० करोड पुर्याई राष्ट्रियस्तरको बित्तीय संस्था हुने लक्ष्य लिइएको फाइनान्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साधारण सभाले तिन अर्व छत्तिस करोड निक्षेप, दुई अर्व पचहत्तर करोड कर्जा लगानी भएको २०७४ असार मसान्तको बार्षिक प्रतिवेदनलाई सर्वसम्मतिले पारीत गरेको छ । गत बर्ष सिर्जना फाईनान्सले बिस करोड पचासीलाख सञ्चालन मुनाफा गरेको छ ।

चालु वर्षमा सिर्जनाले बिराटनगरको रानी, सुनसरीको ईटहरी, धरान र सप्तरीको बोदेबर्साईनमा आफ्नो शाखा कार्यालय र थप ६ बटा एटिएम सञ्चालनमा ल्याउदैछ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW