बियिंग नेपालीको न्यानो बाढौ अभियान, सहयोगको लागि अपिल

0

कोशी अनलाइन
सामाजिक संजाल फेसबुकबाट संगठित हुदै सामाजिक कार्य गर्दै आएको युवाहरुको समुह “बियिंग नेपाली” न्यानो बाढौ अभियान गर्ने भएको छ ।

बढ्दो चिसोका कारण जनजीवन प्रभावित भइरहेको अहिलेको समयमा प्रयोग हुन सक्ने लुगाकपडा लगायत सहयोग जुटाएर पिडितलाई सहयोग गर्न यो अभियान थालेको उक्त समुहका एक आभास फुयालले कोशी अनलाइनलाई बताए । उनले थपे, ‘पौष २५ देखि पौष ३० गते सम्म पुराना लगाउन हुने अवस्थामा भएको लत्ताकपडा सङ्कलन गरि जाडोले प्रभावित मोरङका विभिन्न श्रेत्रहरुमा लगेर बाढ्ने योजना गरेका छौ ।’

विगतमा पनि विराटनगर महानगरपालिकामा विभिन्न सामाजिकमा कार्यमा सक्रिय यो समुहले यस वर्षको बाढीका समयमा पनि विभिन्न स्थानमा श्रमदान एवं क्याम्पेन गरेको थियो ।

चिसो बढ्नाले अहिले सम्म तराइमा मात्र झन्नै आधा दर्जन नागरिकको ज्यान गइसकेको र यस्तो गार्हो परिस्तिथिमा युवाहरु टुलु टुलु हेरेर बस्न नमिल्ने भएकोले सहयोग गर्न अघि बढेको आभासले बताए । अभियानका लागि लगाउन मिल्ने पुराना न्यान लुगा, सिरक, डसना लगायत आर्थिक सहयोग जो कोहिले गर्न सक्नेछन ।

न्यानो लुगा, लत्ताकपडाका साथै आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुले बियिंग नेपाल समुहका अग्रज युवाहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ :
९८४२५८०९७१ : निखिल नेपाल
९८६२२३०४०० : आभास फुयाल
९८१४३४४३०५ : मनिस श्रेष्ठ
९८०५३३४२६५ : मनिस आचार्य

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW