fbpx

ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

 उत्तम पोख्रेल
बेलबारी, पुस २३
मोरङको रतुवामाई नगरपालिका-९, इटहरामा ट्रयाक्टरको ठक्करबाट आइतबार साँझ एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । उर्लाबारीबाट बरडंगातर्फ जाँदै गरेको मे १ त ५९५६ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको को १२ प ६२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई ९ का ४५ वर्षीय सोमनाथ गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिए बस्यालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गौतमको उपचारका क्रममा उर्लाबारीमा मृत्यु भएको हो । दुर्घटनाका बेला दुबै सवारीसाधन तीव्र गतिमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटना गराउने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

Loading...