धरानमा मेयरकप स्कुल ओलम्पिक हुने

 धरान, पुष २३
सुनसरीको धरानमा खेलकुदको विकासका लागि विध्यालयस्तरिय मेयरकप स्कुल ओलम्पिक २०७४ हुने भएको छ । स्थानीय निकायको निर्वाचनपश्चात खेलकुद विकासका लागि छुट्टै खेलकुद विकास उपसमिति गठन गरी पहिलो चरणको मेयरकप स्कुल आलम्पिकआयोजना गर्न लागेको खेलकुद विकास उपसमितिले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पुष ३ गतेदेखि १० गतेसम्म सन्चालन हुने प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ४६ वटा विध्यालयका १ हजार ९ सय ७१ जना विध्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताको माध्यमबाट खेलकुदको विकासमा टेवा पुग्ने धरान u उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले बताइन् । ओलम्पिकमा माघ ३ गतेदेखि बास्केटबल, भलिबल, कराँते, फुटबल तथा क्रिकेट, ४ गतेदेखि ब्याडमिन्टन, ५ गतेदेखि तेक्वान्दो, टेबल टेनिस तथा बुद्धिचाल, र ६ गतेदेखि एथलेटिक्स विधाका खेलहरू सन्चालन हुने भएको छ ।

प्रतियोगिताको समापन माघ १० गते समितिका अध्यक्ष सुवास राईले बताए । ११ वटा विधागत खेलकुद प्रतियोगिताका विजेता विध्यालयमध्ये सबैभन्दा बढी स्वर्ण पदक विजेता विध्यालयलाई प्रथम पुरस्कारस्वरूप १ लाख रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ । यसैगरी, दोस्रो हुने विजेतालाई नगद ५० हजार तथा तेस्रो विजेतालाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

५९ स्वर्णपदक, ५९ कांस्यपदक र ८२ वटा रजत पदकका लागि कक्षा १० सम्मका विध्यार्थीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि उपमहानगरपालिकाले १४ लाख ३१ हजार ७ सय ९०रुपैयाँको बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

Loading...