fbpx

चिसोका कारण बेंसी झर्दै हिमाली चौपाया

 ताप्लेजुङ्ग, पुस २३
उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसोका कारण पशुलाई समस्या भएको भन्दै जिल्लाका किसानले आफ्ना चौपायाहरूलाई बेंसीतर्फ लैजान सुरु गरेका छन् । मौसम अनुकुल भएपछि आगामी चैत-वैशाखतिर आफ्ना पशुलाई लेकमा फर्काउने यहाँका किसानको तयारी छ । मौसममा आएको अनियमितताका कारण यस वर्ष पुसमा मात्र हिमपात सुरु हुँदा चौपायालाई बेंसी झार्ने काम ढिलो भएको किसानको अनुभव छ ।

यसअघि मङ्सिर नलाग्दै सुरु हुने हिमपातका कारण चौंरी तथा भेडालाई बेंसीको न्यानो वातावरणमा लाने गरेको किसान बताउँछन् । ताप्लेजुङ्गको चिसो प्रभावित घुन्सा, ओलाङ्गचुङ्गोला,कालीखोलाजस्ता ग्रामिण क्षेत्रका साथै इलामको सन्दकपुरलगायतका स्थानबाटसमेत चौंरी तथा भेडाका बथान बेंसी झर्ने तरखरमा छन् । आफ्ना पशुको रेखदेखका लागि खाने-बस्ने बन्दोबस्तसहित आउने किसानहरू जाडो यामभरि चरन क्षेत्रमै बसी पशुको हेरचाह गर्छन् ।

प्रतिक्रिया

Loading...