fbpx

ताप्लेजुङ्गको तापक्रम वर्षकै न्यून, हिमपात भने अझै भएन

 ताप्लेजुङ्ग, पुस २३
पूर्वको उच्च हिमाली जिल्ला ताप्लेजुङ्गको आइतबारको तापक्रम वर्षकै न्यून विन्दुमा पुगेको छ । आइतबार बिहानीपख गरिएको मापनअनुसार यस क्षेत्रको तापक्रम १ दशमलव ४ डिग्री सेल्सियस रहेको पाइएको छ ।

पूर्व क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङ्गले यो तापक्रम यस वर्षकै न्यून रहेको पुष्टि गरेको छ । शनिबार २ दशमलव ४ डिग्रीमा अडेको पारो आइतबार १ दशमलव ४ डिग्री सेल्सियसमा झरेको हो । हावापानी फिल्ड कार्यालय ताप्लेजुङ्गकी सरस्वती ईजमका अनुसार शनिबार दिउँसो भने यहाँको तापक्रम १५ डिग्री सेल्सियस रहेको थियो । भारतको जम्मु कश्मिर हुँदै हिमालमाथिबाट आएको पश्चिमी वायुको प्रभावका कारण तापक्रममा गिरावट आएको मौसमविद्को तर्क छ ।

सदरमुकाम फ़ुङ्गलिङ्गकै तापक्रम १ दशमलव ४ डिग्रीमा झरेको देखी हावापानी फिल्ड कार्यालयले माथिल्लो क्षेत्रको तापक्रम माइनसमा गएको हुनसक्ने प्रक्षेपण गरेको छ । कार्यालयले बढ्दो चिसोका बाबजुद जिल्लामा हिमपात भने सुरु नभएको जनाएको छ ।

प्रतिक्रिया

Loading...