fbpx

आमहड्ताल खुकुलो हुँदा धनकुटावासीलाई राहत

 धनकुटा, पुस २३
प्रादेशिक राजधानीको माग गर्दै पाँच दिनअघि आमहड्तालको आह्वान गरेका धनकुटावासीले आम हड्ताललाई केही खुकुलो पारेका छन् । नागरिकको दैनिकी कष्टकर बन्दै गएपछि हड्तालमा केही नरमपना अपनाइएको हो । बन्दका कारण पूर्वी पहाडी जिल्लाका नागरिक आधारभूत अधिकारबाट बन्चित हुन पुगेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत असहज बनेको छ ।

बन्द आह्वानकर्ताले नागरिकको सहजताका लागि बेलुका ५ बजेदेखि बिहान ८ बजेसम्म यातायात सन्चालनको छुट दिने भएका हुन् । आन्दोलनरत प्रादेशिक राजधानी धनकुटा बनाऔं अभियान समितिले आफूहरूको आन्दोलन जारी रहेको बताउँदै बजार तथा पसल सन्चालन गर्न भने नदिने प्रष्ट पारेको छ । आन्दोलनरत समितिका प्रवक्ता नगेन्द्र राईका अनुसार नागरिकको समस्याबारे मनन गर्दै समितिका संयोजक निरन राईको संयोजकत्वमा सर्वपक्षीय भेला आयोजना गरी आन्दोलनलाई केही खुकुलो पार्ने निर्णय गरिएको हो ।

प्रादेशिक राजधानी माग्दै तीन साताअघि शान्तिपूर्ण रूपमा सुरु गरिएको आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्दै समिति पाँच दिनयता आमहड्तालमा उत्रिएको हो ।

प्रतिक्रिया

Loading...