ला लिगा : बार्सिलोना आज आफ्नै घरमा लेभान्टेको सामना गर्दै

विराटनगर, पुस २३
स्पेनिस बार्सिलोना आज यो वर्षको पहिलो खेल खेल्दैछ । ला लिगाअन्तर्गत उसले लिगको १८औं हप्ताको खेल आफ्नो घरमा खेल्न लागेको हो ।

१८औं खेल खेल्न आज लिग लिडर बािर्सलोनाले पाहुना टोली लेभान्टेलाई आतिथ्यता दिँदैछ । र, लेभान्टे अहिले १८ अंकसहित अंक तालिकाको १६औं स्थानमा छ ।

नयाँ वर्षको पहिलो त्यसमा पनि आफ्नो घरमा हुने खेलबाट आज स्पष्ट ३ अंक जोड्ने बार्सिलोनाको दाउ छ । यता, पत्रकार खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले पनि लिगको १८औं हप्ताको खेल आफूहरूका लागि विशेष हुने र ध्यान दिएर खेल्ने बताएका थिए ।

बार्सिलोना अहिले १७ खेलपछि कूल ४५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । लिगको १८औं खेल खेलिसकेको एथ्लेटिको मड्रिड ३९ अंकसहित दोस्रो स्थानमा छ भने समान १८औं खेल खेलेको भ्यालेन्सिया ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

यता, बार्सिलोना भने आफ्नो खास प्रतिस्पर्धी रियल मड्रिडभन्दा १४ अंकले अघि छ । तर, रियलले बार्सिालेनाभन्दा एक खेल कम खेलेको छ । आजको खेल जिते बार्सिलोनाले रियलसँगको अंक दूरी १७ बनाउने छ ।

तर, त्यसको केही घन्टापछि नै रियलले पनि आफ्नो १७ औं खेल खेल्न हुँदा उक्त खेल जिते अंक दूरी पुनः १४ मै झर्नेछ । तर, आजको खेलमा बार्सिलोना पराजित भए वा बराबरीमा रोकिए अंक दूरीमा फरक पर्नेछ । त्यस्तै, रियलको नतिजाले पनि अंक दूरीमा फरक पर्नेछ ।

बार्सिलोना र लेभान्टेको खेल आज राति नेपाली समयअनुसार ठीक ९ बजेबाट बार्सिलोनाको घर क्याम्प नोउमा सुरु हुनेछ ।

प्रतिक्रिया

Loading...