बुटवल नाका हुँदै नेपाल आउनेको संख्या बढ्यो

0

बुटवल, पुस २३
नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो नाका रुपन्देहीको बेलहिया÷सुनौली हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या गत वर्षको तुलनामा यसवर्ष वृद्धि भएको छ । बेलहिया अध्यागमन कार्यालयका अनुसार सन् २०१७ जनवरीदेखि नोभेम्बरसम्म यो नाका हुँदै एक लाख ३४ हजार ७ सय ८ पर्यटक नेपाल भित्रिएका छन् । यो तथ्यांक भारतबाहेक तेस्रो मुलुकबाट नेपाल भित्रिएका पर्यटकको हो ।

उक्त कार्यालयका सूचना अधिकृत गिरिराज खनालका अनुसार गतवर्षको सोही अवधिसम्म एक लाख ३१ हजार ९ सय ३७ पर्यटक नेपाल आएका थिए । गत वर्षको तुलनामा यो संख्या झण्डै दुई हजार ७ सय ७१ ले बढी हो । यो नाका हुँदै यो वर्षको जनवरीमा एक हजार ७ सय २६, फेब्रुअरीमा २६ हजार २ सय ७७, मार्चमा २८ हजार ४ सय ५३, अप्रिलमा छ हजार ४ सय १४, मेमा एक हजार ३ सय ८८, जुनमा ९ सय ५६, जुलाईमा एक हजार ९ सय १३, अगष्टमा ११ हजार ६ सय ८६, सेप्टेम्बरमा आठ हजार ४ सय ८०, अक्टुबरमा १८ हजार २ सय ७७ र नोभेम्बरमा २० हजार ५ सय ८८ पर्यटक नेपाल भित्रिएका हुन् । कार्यालयका अनुसार सन् २०१३ मा खस्किएको पर्यटक आगमन त्यसपछि निरन्तर वृद्धि भइरहेको छ ।

सन् २०१४ मा एक लाख १७ हजार २ सय ६३, २०१५ मा एक लाख २० हजार ६ सय ३७, २०१६ मा एक लाख ४७ हजार ६ सय ८ पर्यटक यो नाकाबाट नेपाल भित्रिएका थिए । चालू आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी ४७ हजार ८ सय ११ श्रीलंकाली पर्यटक यो नाका हुँदै नेपाल भ्रमणमा आएका छन् । त्यसपछि थाइल्याण्डका २८ हजार ५ सय ११, म्यानमारका २४ हजार ५७, दक्षिण कोरियाका पाँच हजार २ सय १३, भियतनामका चार हजार ३ सय २४, चिनियाँ पर्यटक तीन हजार ९ सय ६१ छन् । यो नाका हुँदै आउने पर्यटकको मुख्य गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी हो । बौद्धमार्गीहरु लुम्बिनी भ्रमणपछि धेरै भारततर्फ नै फिर्ता जान्छन् भने केही कपिलवस्तु र रामग्राम स्तूपसम्म पुग्ने गरेका छन् ।

एघार महिनामा लुम्बिनी आउने बौद्धधर्मावलम्बी मुलुकका पर्यटकमात्रै एक लाख १५ हजार भन्दाबढी छन् । युरोपेली, अमेरिकी तथा दक्षिण पूर्वी एसियालगायत मुलुकका पर्यटक भने कोही लुम्बिनी त कोही सिधै पोखरा, चितवन, काठमाडौँ, मनाङ तथा मुस्ताङ जाने गरेका छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW