fbpx

बेलबारी जेसिजमा प्रसाईको प्रवेश

 उत्तम पोख्रेल
बेलबारी, पुस २२
सन् २०१८ का लागि बेलबारी जेसिजमा राजन प्रसाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा बिपिन आचार्य, ध्रुवतारा घिमिरे, कोषराज श्रेष्ठ र दिनेश गिरीका साथै कार्यकारी उपाध्यक्षमा राजेश खत्री र दिपेन्द्र खुलाल लाई चयन गरिएको छ । त्यसैगरि महासचिवमा राजेन्द्र अधिकारी तथा कानूनी सल्लाहकारका रूपमा नवराज सुवेदी चयन भएका छन् ।

युवाहरूको साझा संगठनका रूपमा स्थापित बेलबारी जेसिजले स्थापनाको दुई वर्षमै उतृकष्ट शाखाको उपाधिसमेत हात पारिसकेको छ । शाखालाई सशक्त रूपमा विभिन्न सामाजिक कार्यमा संलग्न गराउने नवनिर्वाचित अध्यक्ष राजन प्रसाईले बताए ।

प्रतिक्रिया

Loading...