fbpx

विराटनगरमा गठन भयो अनलाइन मिडिया समूह

 मोरङ, पुस २२
मोरङको विराटनगरका अनलाइन मिडियाकर्मीहरू संगठित भएका छन् । उनीहरूले आफ्नो पेसागत हितको रक्षाका लागि अनलाइन मिडिया समूह गठन गरेका छन् । ११ सदस्यीय कार्यसमिति चयन गरी स्थापना भएको यस समूहले मोरङ जिल्लाभरका अनलाइन मिडियामा आबद्ध पत्रकारको पेसागत सुरक्षाको लागि आवाज उठाउने छ ।

यस समूहको पहिलो संयोजकको रूपमा तेजेन्द्रबहादुर भण्डारीले जिम्मेवारी सम्हालेका छन् । उनले समूहका सह-संयोजक अम्बिका भण्डारी, सचिव पुष्पराज थपलीया एवम् कोषाध्यक्ष निरज कोइरालासहित अन्य पदाधिकारीबीच समन्वयकर्ताको भूमिकामा रही काम गर्नेछन् । समूहका सक्रिय सदस्यहरू बाबुराम भण्डारी, प्रेम देवान,भवेश मण्डल, मातृका पौडेल,दिनेश सुब्बा, गोपाल काफ्ले र आशिष बिष्टले पनि संयोजक भण्डारीकै मातहतमा रही काम गर्नेछन् ।

यस समूहको कार्यसमितिमा सल्लाहकार सदस्यका रूपमा रहेका संचारकर्मी बन्धु पोख्रेल, महेन्द्र बिष्ट, विक्रम लुइंटेल र कुमार लुइंटेलले समूहलाई आवश्यक मार्गनिर्देशन तथा परामर्श प्रदान गरी सफलतापूर्वक दायित्व निर्वाह गर्न प्रेरित गर्नेछन् ।

प्रतिक्रिया

Loading...