अन्तिम ६ मिनेटमा २ गोल गरेपछि म्यानचेस्टर युनाइटेड चौथो चरणमा

विराटनगर, पुस २२
म्यानचेस्टर युनाइटेड एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणमा शुक्रबार राति घरमा भएको खेलमा डर्बी काउन्टीलाई २–० ले स्तब्ध बनाउँदै युनाइटेडले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

उक्त खेलमा युनाइटेडलाई जिताउन जेसी लिंगार्ड र रामेलु लुकाकुले गोल गरे । खेलको पहिलो हाफमा डर्बीले हेभिवेट टिमलाई गोल गर्नबाट रोके पनि दोस्रो हाफमा ऊ कमजोर बन्यो ।

दोस्रो हाफको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा डर्बी स्तब्ध भयो । जहाँ लिंगार्डले ८४औं मिनेटमा पहिलो गोल गरे भने ९०औं मिनेटमा लुकाकुले गोल गरेसँगै युनाइटेडले २–० को जित निकाल्यो । यो जितसँगै युनाइटेड अर्को चरणमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

Loading...