लिभरपुल एफए कपको चौथो चरणमा, भान डेक बने ‘नायक’

विराटनगर, पुस २२
लिभरपुल एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणमा शुक्रबार राति भएको खेलमा एभर्टनलाई पाखा लगाउँदै ऊ अर्को चरण प्रवेश गरेको हो ।

लिभरपुलको जितमा जेम्स मिल्नर र भर्जिल भान डेकले गोल गरे । यता, एभर्टनका लागि जिफी सिगुड्र्सनले १ गोल गरे पनि त्यसले टिमको हार टार्न सकेन ।

खेलको ३५औं मिनेटमा पाएको पेनाल्टीबाट मिल्नरले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि दुवै पक्षबाट गोल भएन र पहिलो हाफ १–० मा सकियो ।

तर, ६७औं मिनेटमा सिगुड्र्सनले एभर्टनका लागि गोल गरेर टिमलाई खेलमा फर्काए । तर, उसले पोस्टको रक्षा गर्न सकेन । र, खेलको ८४औं मिनेटमा भान डेकले गोल गर्दै टिमलाई २–१ को जित दिलाए । यो जितसँगै ऊ अर्को चरणमा पुगेको हो ।

प्रतिक्रिया

Loading...