‘क्याटलोनिया स्वतन्त्र भए’ मेस्सीले ‘फ्री’मा बार्सिलोना छाड्न सक्ने !

एजेन्सी, पुस २१
क्याटलोनियाको राजनीतिक आन्दोलन तथा उत्तारचढावका बाछिटा धेरथोर बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीमा पनि परेको छ । र, ३० वर्षीय अर्जेन्टिनी खेलाडीले यदि क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको खण्डमा बार्सिलोना फुटबल क्लब के हुन्छ भन्ने प्रष्ट हुन चाहेका छन् ।

स्पेनिस पत्रिका ‘इएल मुन्डो’ ले यसबारे समाचार छापेको छ । यस्तो अवस्थामा मेस्सीले आफ्नो रिलिज क्लजमा यसबारे नयाँ सर्त थप्न क्बलसँग अनुरोध गरेको बताइएको छ ।

खबरमा दाबी गरिएअनुसार यदि क्याटलोनिया स्वतन्त्र भएको अवस्थामा क्लब स्पेनिस, फ्रान्स, इंग्लिस वा जर्मन लिगमा रहे मात्र मेस्सी बार्सिलोनामै रहन सक्नेछन् । स्वभाविक रूपमा बार्सिलोनाका लागि ला लिगामै रहने विकल्प पनि हुनेछ । अन्यथा अवस्था फरक हुने देखिन्छ ।

तर, युरोपियन फस्र्ट लिगमा क्लब नभएमा मेस्सीले ‘फ्रि’मै बार्सिलोना छाड्न सक्ने विश्लेषण यसअघि नै गरिँदै आएको हो । जब कि, नयाँ सम्झौतामा बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७०० मिलियन राखेको छ ।

समाचारमा बताइएअनुसार बार्सिलोनाले मेस्सीलाई सूचित गरेको छ कि, यदि क्याटलोनिया स्वतन्त्र भएको खण्डमा यो क्लब स्वतः स्वतन्त्र हुनेछ । वा भयो भनौं, क्लबको बुझाइ यस्तो छ कि– त्यो अवस्थामा उनको सम्झौतामा उलटफेर हुनसक्छ । र, परिणामस्वरूपः मेस्सीले बार्सिलोनोमै बस्नुपर्ने बाध्यताबाट मुक्त हुनेछन् ।

यसरी हेर्दा एउटा स्वतन्त्र राज्यमा रहने बार्सिलोनाले यदि स्पेनिस लिगमा खेल्न जारी राख्यो वा जर्मन बुन्डेस लिगा, द इंग्लिस प्रिमियरसिप वा लिग १ गालामा सहभागी हुने सम्भावना रह्यो भने मेस्सी सोही क्लबमा रहन सक्नेछन् ।

तर, त्यसो नभए उनले तत्कालै क्लब छाड्न सक्नेछन् । र, त्यसका लागि उनले ७ सय मिलियन रिलिज क्लजको दायरा पनि पालना गर्नुपर्ने छैन ।

प्रतिक्रिया

Loading...