fbpx

गालामा हात राखेर नेतालाई सराप्ने दिन गए : सांसद ढकाल 

 उत्तम पोख्रेल
बेलबारी, पुस २१
मोरङका दुई सांसदले पर्यटकीय क्षेत्रमा लगानी गर्न लोभ नगर्ने बताएका छन् । प्रेस चौतारी तथा प्रेस सेन्टर मोरङले शुक्रबार बेतना सिमसार क्षेत्रमा गरेको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकाल तथा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले पर्यटन प्रवर्द्धनबाट नै समृद्धि प्राप्त हुने भएकाले आफूहरू यसका लागि लगानी विस्तार गर्नमा केन्द्रित हुने बताएका छन् ।

अब बन्ने वामपन्थीको सरकारले पहिलो लगानीका रुपमा पर्यटन क्षेत्रमा लगानी गर्ने भानुभक्त ढकालले बताए । उनले सोही कार्यक्रममा एमाले तथा माओवादीका स्थानीय नेताहरूले वाम गठबन्धन एक नहुने भन्दै भ्रम फैल्याएको देखी आफू छक्क परेको बताए । ढकालले अब विकास हुँदैन कि भनेर गालामा हात राखेर नेतालाई सराप्ने दिन गएको जिकिर गरे ।

उनले कांग्रेसले सरकारबाट राजिनामा नदिँदा चुनाव जितेको एक महिनासम्म पनि जनतालाई विकासको अनुभूति दिलाउन नसकेकोमा दु:ख व्यक्त गर्दै सरकारमा पुग्नासाथ विकासमा लाग्ने प्रतिबद्धता जनाए । अर्का सांसद अमनलाले मोदीले देशले फड्को मारेकाले अब विकास हुनेमा विश्वस्त हुन सबैलाई आग्रह गरे।

प्रतिक्रिया

Loading...