केन अनुबन्ध गर्न रियल मड्रिडले टोटनह्यामलाई १ सय ५० मिलियन र बेल दिने !

एजेन्सी, पुस २१
जारी सिजनको सुरुमै टिमका पाँच खेलाडी बेचेको रियल मड्रिड जनवरी विन्डोमा नयाँ खेलाडी भित्र्याउने प्रयासमा छ । त्यसका लागि उसले नयाँ स्ट्राइकर खोजी गरिहेको छ ।

‘स्पोर्ट’ का अनुसार अहिले रियल इंग्लिस क्बल टोटनह्यामका स्टार फरवार्ड ह्यारी केन अनुबन्ध गर्न लागिपरेको छ । सन् २०१७ को सर्वाधिक गोलकर्तासमेत रहेका २४ वर्षीय इंग्लिस स्टरलाई भित्र्याउन रियलले निकै आकर्षक प्रस्ताव राखेको खुलासा भएको छ ।

खबरहरूमा दाबी गरिएअनुसार रियलले केन अनुन्बध गर्न टोटनह्यामलाई आफ्नो टिमका वेल्स स्टार ग्यारेथ बेल दिने र सँगै १ सय ५० मिलिन युरो थप गर्ने आकर्षक प्रस्ताव गरेको हो ।

खबरअनुसार रियल केनका लागि प्याकेजमा २०० मिलियन युरो तिर्न तयार छ । जसमा उसले १ सय ५० मिलियन युरो रकम र थप बेल दिने तयारी गरेको छ ।

यसरी हेर्दा अहिले बेलको मूल्यांकन ५० मिलियन युरो मात्रै देखिएको छ । सोही मूल्यांकनमा रियलले निकै महँगो रकम खर्चेर केन भित्र्याउन प्रयासमा लागेको हो ।

यता, पछिल्ला खबरहरूअनुसार बेल यो सिजनपछि रियल छाडेर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने विषयले पनि उत्तिकै चर्चा पाइरहेको छ ।

प्रतिक्रिया

Loading...