राजा रानीको आइटम गीतमा रेखा “पिन्कु मिसको जवानीले देश जल्यो रे… ” (भिडियो)

केकी-नाजिर अभिनित चलचित्र “रज्जा रानी”को प्रदर्शन कै दिन परेर चलचित्र को आइटम गित सार्वजनिक गरिएको छ।

‘पिन्कु मिसको जवानी’ बोलको गितको म्युजिक भिडियोमा नायिका रेखा थापाको नृत्य रहेको छ । पिंकु मिसको जवानी बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत, निर्देशक याम थापाको शब्द र सहिमा श्रेष्ठको स्वर छ । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियो बुढा सुब्बा म्युजिकले सार्वजनिक गरेको छ । हेर्नुस् पिन्कु मिस को भिडियो :

केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका रहेको ‘राज्जा रानी’ पुष २१ गतेदेखि अल नेपाल प्रदर्शनमा आएको हो । रमेश एमके पौडेल निर्मित फिल्मले तराईमा व्यस्त दाइजो प्रथा विरुद्धको कथा उठाएको छ ।

प्रतिक्रिया

Loading...