हिमाल सागरको ‘नआउ तिमी सजिएर’ म्युजिक भिडियो सार्वजनिक !

पुस २१, विराटनगर
लामो समयदेखि आफ्नो दर्शक तथा श्रोतामाँझ निरन्तर रुपमा गीत तथा म्युजिक भिडियोहरु प्रस्तुत गर्दै आइरहेका नेपाली संगीत जगतका एक कुशल तथा लोकप्रिय गायक हिमाल सागरले आफ्नो सांगीतिक यात्रालाई निरन्तर्ता दिने क्रममा फेरिपनी सांगीतिक कोसेली स्वरुप ‘नआउ तिमी सजिएर’ बोलको गीत र भिडियो दर्शकमाँझ ल्याएका छन् ।

हिमाल सागरको स्वरमा रहेको यो गीतमा नृपेश उप्रेतीको शब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको छ । गजल शैलीमा गाइएको यो गीतको म्युजिक भिडियो केहि समय अघि मात्र सार्वजनिक गरिएको हो । अर्जुन अधिकारीको निर्देशनमा बनेको यो गीतको म्युजिक भिडियोमा मोडल तथा नायिका सारा सिर्पालि र मोडल रबि सिंहको अभिनय रहेको छ भने भिडियोको अन्त्य-अन्त्यतिर गायक हिमाल पनी मोडलकै रुपमा प्रस्तुत भएका छन् ।
हेर्नुस् भिडियो:

म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान भट्टराईले सम्पादन गरेका हुन् । नायक निखिल उप्रेतीसँग सारा अभिनित चलचित्र ‘रुद्र’ प्रदर्शन भैसकेको छ भने अब प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पिंजडा ब्याक अगेन’मा पनी साराको अभिनय रहेको छ ।

प्रतिक्रिया

Loading...