२०१८ को पहिलो खेल : मेस्सी र स्वारेजबिनाको बार्सिलोना बराबरीमा रोकियो

विराटनगर, पुस २१
स्पेनिस कोपा डेल रे फुटबलमा वर्षको पहिलो खेलमा ला लिगा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना सेल्टा भिगोसँग उसको घरमा १–१ को बराबरीमा रोकिएको हो ।

खेलमा पहिला अग्रता लिए पनि जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो । खेलको १५औं मिनेटमा जोसे अर्नाइजले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३१औं मिनेटमा सिस्टोले सेल्टाका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन र खेल १–१ को बराबरीमा टुंगियो ।

टिमका स्टार लुइस स्वारेज र मेस्सीलाई आराम दिइएको यो खेलमा उसामाना डेम्बेले तीन महिनापछि मैदान फर्किएका थिए । उनी गत सेप्टेम्बर १६ देखि चोटका कारण मैदान बाहिर रहेका थिए । सेल्टाविरुद्धको खेलमा उनलाई अन्तिम २० मिनेट मैदान उतारिएको थियो ।

प्रतिक्रिया

Loading...