कोपा डेल रे : रियल मड्रिड आज नुमानसियासँग भिड्दै, रोनाल्डोलाई आराम

विराटनगर, पुस २०
स्पेनिस रियल मड्रिड कोपा डेल रे अन्तर्गत आज पहिलो लेगको खेल खेल्दैछ । यो उसको सन् २०१८ को पहिलो खेल पनि हुनेछ । प्रतियोगिताको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेल खेल्न ऊ घरेलु टोली नुमानसियाको मैदानमा उत्रिँदैछ । आजको खेलमा रियल मड्रिडका कोच जिदानले टिमका अधिकांश प्रमुख खेलाडीलाई आराम दिएका छन् ।

जसमा स्टार फरवार्ड क्रिस्टिानो रोनाल्डो र बेन्जिमा यो खेलमा हुनेछैनन् । तर, यो खेलमा स्टार ग्यारेथ बेल उपलब्ध हुनेछन् ।

त्यस्तै, आजको खेलमा मार्सेलो, क्रुस, रामोस, मोड्रिक पनि हुनेछैनन् । नाचो र कासेमिरो पनि यो खेलमा हुनेछन् । खेल आज राति नेपाली समयअनुसार (शुक्रबार बिहानीपख) १ः४५ बजेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया

Loading...