इन्जुरी समयमा गोल, आर्सनल बल्ल–बल्ल जोगियो हारबाट

विराटनगर, पुस २०
डिफेन्डिङ च्याम्पियन चेल्सी म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा चढ्ने अवसरबाट चुकेको छ । लिगमा बुधबार राति भएको खेलमा चेल्सी आर्सनलसँग २–२ को बराबरीमा रोकिँदा उसले यो अवसर गुमाएको हो ।

अवे मैदानमा भएको खेलमा चेल्सी र आर्सनल गोलरहित बराबरीमा रोकिएको थिए । तर, खेलको ६३औं मिनेटमा घरेलु टोली आर्सनलले ज्याक विलसरको गोलबाट अग्रता लियो ।

तर, उसको अग्रता धेरैबेर टिक्न सकेन । त्यसको चार मिनेटपछि चेल्सीले पेनाल्टी पायो, जसमा इडेन हजार्डले कुनै गल्ती नगरी गोल हाने । र, खेल बराबरीमा टुंगियो ।

त्यसपछि ८४औं मिनेटमा मार्कस एलोन्सोले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । हारनजिक पुगेको आर्सनलका लागि इन्जुरी समयमा हेक्टर बेलरिनले गोल हाने । रे, खेल २–२ को बराबरीमा सकियो ।

यो बराबरीपछि तेस्रो स्थानको चेल्सीले २२ खेलबाट ४६ अंक बनाएको छ । ऊ दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा मात्रै १ अंकले पछि छ । छैटौं स्थानमा रहेको आर्सनलले २२ खेलबाट ३९ अंक बनाएको छ ।

प्रतिक्रिया

Loading...