टोनी क्रुस म्यानचेस्टर युनाइटेडलाई बेच्ने रियलको तयारी

एजेन्सी, पुस १९
स्पेनिस रियल मड्रिडले आफ्ना स्टार मिडफिल्डर टोनी क्रुसलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई बेच्ने तयारी गरेको छ । ‘गोल’का अनुसार जनवरीमा नयाँ खेलाडी भित्र्याउने प्रयासमा रहेको रियलले रकम बटुल्न २७ वर्षीय जर्मन खेलाडीलाई प्रतिस्थापन गर्ने तयारी गरेको हो ।

खबरमा दाबी गरिएअनुसार जनवरीमा रियल टोटनह्यामका ह्यारी केन वा चेल्सीका इडेन हाजार्ड भित्र्याउने तयारीमा । त्यस्तै, अर्को सिजन पिएसजीका ब्राजिलियन स्टार नेइमार भित्र्याउने कसरतमा रियल छ ।

यस्तो बेला उसले खेलाडी किनबेचको दायरा पूरा गर्न साथै पैसा बटुल्न क्रुसलाई बिक्री गर्न लागेको हो । रियलले क्रुससँगै टिमका वेल्स स्टार ग्यारेथ बेललाई पनि बेच्ने तयारी गरेको छ । बेललाई पनि युनाइटेड वा उनको पूर्वक्लब टोटनह्याम जाने सम्भावना छ ।

रियलका स्टार क्रिस्यिानो रोनाल्डोले अर्को सिजनबाट क्बल छाड्ने बताएसँगै रियल अहिले दीर्घकालीन रूपमा नयाँ स्टार खेलाडी भित्र्याउने योजनामा छ । त्यसका लागि उसले २५ वर्षीय नेइमारलाई पहिलो रोजाइमा राखेको छ ।

नेइमार भित्र्याएर रियल रोनाल्डोको स्थान पूर्ति गर्न चाहन्छ । त्यसैका लागि उसले यो सिजनको सुरुमै चार खेलाडी बेचेको थियो । अहिले फेरि केही खेलाडी बेचेर उसले ठूला खेलाडी भित्र्याउन चाहेको देखिन्छ ।

प्रतिक्रिया

Loading...