Rumpum

Rumpum Advertisement

गुरुकुलमा पौष २० गते अनुप बरालको कचहरी नाटक हुने

गुरुकुलमा पौष २० गते अनुप बरालको कचहरी नाटक हुने

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा पौष २० गते लैंगिक हिंसा र चेलिबेटी बेचविखन न्युनिकरणको उद्देश्यले कचहरी नाटक मञ्चन गरिने भएको छ ।

लिनीयस विश्वविद्यालय स्विडेन, काठामाडौ मेडिकल कलेज र एक्टर्स स्टुडियो काठमाडौको सहकार्यमा कचहरी नाटक दिल्ली टु दुबई हाटखोलास्थित गुरुकुलको सुशीला कोईराला नाटकघरमा बिहिबार दिउँसो ३ बजे नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

यसैविच लैंगिक हिंसा तथा चेलिबेटी बेचविखन न्युनिकरणका लागि मोरङमा विगत २ वर्ष देखि जारी अनुसन्धानका क्रममा कचहरी नाटकको माध्यमले चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर तेस्रो चरण अन्तर्गत जिल्लाका तत्कालिन १० गाबिसमा नाटक देखाईन लागिएको समेत आयोजकले जनाएको छ । यसअघि २०७३ पौषमा पहिलो चरणमा, २०७४ जेठ महिनामा दोस्रो चरणमा विभिन्न गाबिसमा मञ्चन गरिएको नाटक तेस्रो चरणमा असोज महिनामा सक्नुपर्ने भएपनि बाढिका कारण स्थगित गरिएको थियो । तेस्रो चरणमा पौष २१ गते देखि २९ गते सम्म जिल्लाका डाँगिहाट, तेतरिया, याङशिला, झुर्किया, केराबारी, केरौन, बाहुनी सहितका १० गाविसमा नाटक मञ्चन गरिने छ ।

रंगकर्मी अनुप बरालले निर्देशन गर्नु भएको नाटकमा दिया मास्के, सुरज मल्ल, बिनिता थापा मगर, प्रेम वर्षा खड्का लगायतले अभिनय गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ