चलचित्र ‘प्रेम गीत’ एक करोड भ्युज क्रस गर्दै !

पुस १८, विराटनगर
गत २०१७ जुन १७ मा अपलोड गरिएको सुपरहिट चलचित्र ‘प्रेम गीत’लाई युट्युवमा एक करोड बढीले हेरिसकेका छन् ।
सुदर्शन थापा निर्देशित यो लभ स्टोरी चलचित्रका प्रमुख पात्रको रुपमा रहेका नायक प्रदीप खड्का र नायिका पुजा शर्मा यसै चलचित्रबाट एकाएक चर्चामा आए ।

निर्माता सन्तोष सेन रहेको यस चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्रको टाइटल गीत सहित सम्पूर्ण गीतहरु पनि सुपरहिट भए । यस चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

‘प्रेम गीत’ पछि निर्देशक सुदर्शन र नायिका पूजाले ‘म यस्तो गीत गाउँछु’ बनाए भने नायक प्रदीपलाई लिएर निर्माता सन्तोषले ‘प्रेम गीत २’ बनाए । यी दुवै फिल्महरु व्यापारिक रुपमा सफल भए । ‘प्रेम गीत’ पछि सर्वाधिक चर्चामा आएका नायक प्रदीप खड्का अब मिलन चाम्स निर्देशित चलचित्र ‘लिलिबिली’मा देखिँदैछन् ।

चलचित्र हेर्नुस्:

प्रतिक्रिया

Loading...