दोश्रो पटकपनि साम्राज्ञिको बेलायत भिषा रद्ध, नामले दियो धोका !

पुस १८, विराटनगर
नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको बेलायत भिषा फेरि पनि रद्ध हुँदा चलचित्र ‘ईन्टु मिन्टु लन्डनमा’ले हाल सम्म पनि छायांकन सुरु गर्न सकेको छैन । चलचित्र ‘ए मेरो हजुर २’ रिलिज हुनु अवागै साम्राज्ञी यस चलचित्रको छायांकनको लागि बेलायत जाने तयारीमा थिइन् । नामै ‘ईन्टु मिन्टु लन्डनमा’ राखिएको यस चलचित्र छायांकन काठमाडौं र लण्डनमा गरिने मिलाइएको थियो तर, चलचित्रको एक प्रमुख पात्रको रुपमा रहेकी नायिका साम्राज्ञिको पटक-पटक बेलायत भिषा रद्ध भएपछि चलचित्र टीम सहित साम्राज्ञि तनाबमा परेकी छिन् ।

प्राप्त समाचार अनुसार साम्राज्ञिको दोश्रो पटक पनि भिषा रद्ध हुनुको मुख्य कारण भने उनको नाम रहेको छ । उनको वास्तविक नाम प्रियंका हो । नागरिकतामा पनि उनको नाम प्रीयंका भएको कारण भिषा लाग्न नसकेको भनाई बाहिरिएको छ । साम्राज्ञि भारतमा अध्ययन गर्दाको क्रममा धेरै विद्यार्थीको नाम प्रीयंका भएपछि उनले आमासँगै सल्लाह गरेर आफ्नो नाम साम्राज्ञी राखेकी थिइन् ।

यद्यपि उनको यो नाम भने चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि नै परिवर्तन भएको हो । आफ्नो नाम परिवर्तन भएसँगै सिने उद्योगमा चलचित्र ‘ड्रिम्स’बाट डेब्यु गरेकी साम्राज्ञि पहिलो फिल्मबाटै सफल नायिका बनिन् । तर, अहिले आएर उनलाई यही नामले नै धोका दिएको छ । चलचित्र ‘ईन्टु मिन्टु लन्डनमा’मा साम्राज्ञि र बेलायतमै बस्ने धिरज मगर मुख्य पात्रका कलाकार हुन् भने रेनेशा बान्तावा राईले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछिन् ।

प्रतिक्रिया

Loading...