स्वान्सी सिटीमाथि टोटनह्यामको जित, आर्सनललाई पछि पार्द पाँचौं स्थानमा

विराटनगर, पुस १९
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले स्वान्सी सिटीलाई हराएको छ । मंगलबार राति भएको खेलमा टोटनह्यामले सिटीलाई २–० ले हराएको हो । यो जितसँगै ऊ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

टोटनह्यामले आर्सनललाई पछि पारेको हो । स्वान्सीको घरमा भएको खेलमा टोटनह्यामलाई जिताउन फर्नान्डो लोरेन्ट र डेली अलीले समान १–१ गोल गरे ।

पहिलो हाफको १२औं मिनेटमा लोरेन्टले टिमका लागि पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ८९औं मिनेटमा डेली अलीले गोल गर्दै टोटनह्यामलाई २–० को जित दिलाए ।

प्रतिक्रिया

Loading...