जितको यात्रामा फर्कियो म्यानचेस्टर सिटी, हान्यो ३८ सेकेन्डमै गोल !

विराटनगर, पुस १९
इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले १५ अंकको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीले घरेलु मैदानमा वाट्फोर्डलाई ३–१ ले स्तब्ध बनायो ।

लगातार १८ खेलमा जित निकालेको सिटी दुई दिनअघि क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको थियो । त्यसपछि खेलमा सहज जित निकाल्दै ऊ जितको यात्रामा फर्किएको हो ।

वाट्फोर्डसँगको खेलमा सिटीलाई जिताउन रहिम स्ट्रर्लिङ, क्रिस्टियन काबासेली (आत्मघाती) र सर्जियो अग्युरोले गोल गरे । यता, वाट्फोर्डका लागि एन्ड्री ग्रेले एक गोल फर्काए पनि त्यो टिमको हार टार्न पर्याप्त भए ।

स्ट्रर्लिङले खेल सुरु भएको ३८ सेकेन्डमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि १३औं मिनेटमा वाट्फोर्डका काबासेलीले आफ्नै पोस्टमा गोल हानेपछि सिटीको खातामा २ गोल भयो ।

त्यसपछि खेलको ६३औं मिनेटमा अग्युइरोले गोल गरेपछि सिटीले ३–१ को जित दिलाए । वाट्फोर्डका लागि ८२औं मिनेटमा ग्रेले १ गोल फर्काए ।

यो जितसँगै सिरानको स्थानको सिटीको खातामा २२ खेलबाट ६२ अंक पुगेको छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४७ अंक मात्रै रहेको छ ।

प्रतिक्रिया

Loading...