हिमालय दर्शन कलेजमा खेलकुद सप्ताह सुरु

0

विराटनगर, १८ पुस । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा खेलकुद सप्ताह मंगलबारदेखि शुरु भएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीविच हुने खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, चेस टेबल टेनीस, ब्याडमिन्टन, बास्केटबल, भलीबल र दौडको खेलहरु समावेश गरिएको खेल संयोजक नवीन मिश्रले बताए ।

मिश्रका अनुसार २१ गतेसम्म सञ्चालन हुने खेल सप्ताहमा १ सय ५० जना विद्यार्थाीहरु सहभागि हुनेछन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW