अब मोबाईलबाटै फ्रीमा हेर्नुस् चलचित्र ‘जात्रा’ !

पुस १८, विराटनगर
यदि तपाई सुपरहिट चलचित्र ‘जात्रा’को लागि युट्युबको पर्खाइमा हुनुहुन्छ भने अब तपाईको कुर्ने दिन सकिए । चलचित्र ‘जात्रा’ अब तपाईले आफ्नो मोबाईलमै हेर्न सक्नुहुन्छ, त्यो पनि सित्तैमा ! CINEMAGHAR नामक एप्सले नयाँ वर्ष २०१८ सालको अवसरमा उपहार स्वरुप यस चलचित्रलाई फ्रीमै उपलब्ध गराएको हो ।

आफ्नो मोबाईलमा तपाईले CINEMAGHAR नामक एप्स डाउनलोड गरेर चलचित्र ‘जात्रा’ सित्तैमा हेर्न सक्नुहुन्छ । एप्स डाउनलोड गरेर आवश्यक विवरण भरिसकेपछि इन्टरनेटको माध्यमबाट चलचित्रलाई एचडी गुणस्तरमा हेर्न सकिन्छ ।
सर्वाधिक रुचाइएको प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’मा विपिन कार्की, वर्ष राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया

Loading...