नेइमारले तेस्रोपटक जिते ‘साम्बा गोल्ड’ अवार्ड, दोस्रोमा कोटिन्हो

एजेन्सी, पुस १८
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार फरवार्ड नेइमारले युरोपमा उत्कृष्ट ब्राजिलियन फुटबलर बन्दै तेस्रोपटक ‘साम्बा गोल्ड’ अवार्ड जितेका छन् । युरोपबाट खेल्ने ब्राजिलियन फुटबलरलाई दिइने यो अवार्डको निर्णय पत्रकार, सीमित फुटबलर र इन्टरनेट भोटिङका आधारमा हुने गरेको छ ।

ब्राजिलियन टिमका कप्तानसमेत रहेका नेइमारले कूल २७.७१ प्रतिशत मत पाएर अवार्ड जितेका हुन् । उनीपछि यो सिजन बार्सिलोना जाने तर्खरमा रहेका इंग्लिस क्लब लिभरपुलका फिलिपे काउटिन्होले १६.६४ प्रतिशत मत पाएर दोस्रो स्थानमा रहे ।

रियल मड्रिडका अट्याकिङ डिफेन्डर मार्सेलो १४.४३ प्रतिशत मतका साथ तेस्रो भए । नेइमारले यसपटक सहित यो अवार्ड तीनपटक जितेका हुन् । उनले यसअघि यो अवार्ड सन् २०१४ र १५ मा लगातार दुईपटक जितेका थिए ।

प्रतिक्रिया

Loading...