‘उल्झन’को फर्स्टलुक सार्वजनिक

पुस १८, विराटनगर
युरोपमा रहेका नेपालीहरुको संघर्षको कथामा बनेको चलचित्र ‘उल्झन’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । यो फर्स्टलुक पोस्टरमा चलचित्रका मुख्य तिन पात्रहरु नायक ध्रुव दत्त, बेनी ढुंगाना र नायिका रजनी के.सीलाई मात्र फोकस गरिएको छ ।

राजु अधिकारी निर्देशित चलचित्र ‘उल्झन’ पहिला युरोपमा प्रदर्शन गरिने बताइएको छ । निर्देशक राजु अधिकारी यतिबेला चलचित्र प्रदर्शनको तयारीका लागि युरोपमै रहेका छन् । चलचित्र जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन गरिने छ भने नेपालमा चैत्र २ गतेबाट प्रदर्शनमा आउने ‘उल्झन’ निर्माण पक्षले बताएको छ ।

तेजेन्द्र कंडेलको प्रस्तुतिमा निर्मित चलचित्रमा आरती अधिकारीको कथा लेखन रहेको छ भने मौनता श्रेष्ठको पटकथा रहेको छ । चलचित्र निर्मातामा नारायण ढुंगाना, नबिन अधिकारी र हरिकृष्ण कार्की रहेका छन् ।

प्रतिक्रिया

Loading...