नायिका निशा अधिकारी आमा बन्दै

काठमाडौं, पुस १७
गत असारमा वैवाहिक सम्बन्धमा बाँधिएकी नायिका निशा अधिकारी आमा बन्ने भएकी छन् । नायिका अधिकारी र क्रिकेटर शरद भेषवाकर लामो समयको प्रेमपछि औपचारिक रूपमै विवाह बन्धनमा बाँधिएका थिए ।

नायिका अधिकारीले सामाजिक सन्जालमार्फत् आफू गर्भवती भएको जानकारी दिएकी हुन् । उनले आप्नो फेसबुकमा लेखेकी छन्– ‘म आमा बन्ने तयारीमा छु ।’

निशाले आफू गर्भवती भएको ५ महिना पुगेको पनि जानकारी फेसबुकमार्फत् गराएकी छन् । उनले थप लेखेकी छन्– ‘जुन दिनदेखि मेरो पेटमा बच्चा बस्यो, सोही दिनदेखि म आमा भइसकेकी छु ।’

प्रतिक्रिया

Loading...