fbpx

कोस्टा अब औपचारिक रूपमै एथ्लेटिको मड्रिडका खेलाडी

विराटनगर, पुस १७
इंग्लिस क्लब चेल्सी छाडेका स्ट्राइकर डिएगो कोस्टा स्पेनिस क्लब एथ्लेटिको मड्रिडमा अनुबन्ध भएका छन् । कोस्टालाई भित्र्याएर क्लबले औपचारिक घोषणा गरेको हो ।

स्पेनिस कोस्टा गत सेप्टेम्बरमा ला लिगा क्लब एथ्लेटिको मड्रिड आउन तयार भएका थिए । तर, एथ्लेटिकोमाथिको ट्रान्सफरमा प्रतिबन्ध लागेकाले उनी तत्कालै आउन पाएनन् ।

आइतबार एथ्लेटिको मड्रिडले कोस्टालाई आफ्नो खेलाडीको रूपमा औपचारिक घोषणा गरेको हो । कोस्टाले आफूले यो दिनका लागि लामो समय पर्खिएको बताएका थिए ।

आफू प्रशिक्षणबाट थाकिसकेको र अब खेल्न चाहेको पनि बताए । चेल्सीमा प्रशिक्षक एन्टोनिओ कोन्टेसँग सम्बन्ध बिग्रिएकाले उनी चेल्सी छाडेका हुन् । उनले त्यसपछि उनले सेप्टेम्बरमा चेल्सी छोडेर पुरानो क्लब एथ्लेटिको मड्रिड फर्किने निर्णय गरेका थिए । त्यसयता उनी मैदानबाहिर रहँदै आएका छन् ।

कोस्टा सन् २०१४ मा एथ्लेटिकोबाट चेल्सी गएका थिए । उनले चेल्सीमा रहँदा १ सय २० खेल्दै ५९ गोल गरेका थिए ।

प्रतिक्रिया 1

प्रतिक्रिया

two × 5 =

Loading...