सुनको भाउ बढेको बढ्यै, आज कति छ ?
काठमाडौं, पुस १८
यो हप्ता नेपाली बजारमा सुनको भाउ बढ्नेक्रम जारी छ । आज छापावाला सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजोको तुलनामा आज छापावाला र तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो । यस्तै, आज चाँदी तोलामा ७ सय ५० मा किनबेच भइरहेको छ ।