आज सुनको भाउ बढ्यो, कति पुग्यो ?
काठमाडौं, पुस १३
बिहीबार नेपाली बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा ५५ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ६ सयमा कारोबार हुँदैछ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको ५५ हजार ३ सय रहेको छ । बुधबार तेजावी सुनको मुल्य ५५ हजार रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदी तोलामा ७ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।