पुष १४ गते देखि ईटहरीमा बैंकिङ एक्स्पो हुने

0

सुनसरी, पुष १२ । बैकिङ सचेतनाका लागि पुर्वमै पहिलो पटक सुनसरीको ईटहरीमा बैंकिङ एक्स्पो हुने भएको छ ।

मिडिया ईन्टरनेशनलको आयोजनामा पुष १४ गते देखि १६ गते सम्म तिन दिन ईटहरीमा एक्स्पो हुन लागेको बुधबार धरानमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । बैंकिङ क्षेत्रका बारेमा आम नागरिकहरुलाई सचेत गराउँदै बैंकिङ कर्जा, उद्यमी बन्नका लागि बैंकिङ कारोबारका विषयमा जानकारी गराईने मिडिया ईन्टरनेशनलका माधव निर्दोषले बताए ।

मेलामा पुर्वका करिब २२ वटा वित्तिय संस्थाहरुको स्टल रहनेछन् । ईटहरीको सानो जनता स्कुलका खेलमैदानमा हुने एक्स्पोमा उद्यमी बन्ने अवसर, बैंकिङ कर्जा र उद्यमशिलताका बारे निशुल्क गोष्ठि संचालन, सेयर लगानीका विषयमा जानकारी गराईने निर्दोषले जानकारी दिए । मेलामा विद्यार्थी, व्यवसायी, व्यापारी, उद्यमीहरुको सहभागिता रहने विश्वास रहेको उनको भनाई छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यमा हुने मेलामा बैंकीङ सम्बन्धी चेतना जगाउँदै बित्तिय कारोबारमा आमनागरिकहरुलाई सचेत गराउने लक्ष्यले एक्स्पोको आयोजना गरिएको उनले बताए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW