Nepali News Portal

मुसहर बस्ती बनाउन तिलाठी पुगे रवि

0

आभाष फुयाल
न्युज २४ टिभीका रिपोर्टर रवि लामिछाने अहिले को समयमा निकै चर्चामा छन् ।

त्यसो त उनले चलाएको कार्यक्रम “सिधा कुरा जनता संग”ले आजको मिति सम्म कति अनियमितता गर्ने सजायको भागिदार बनि सके भने कति समस्यामा परेकाले उन्मुक्ति पाइसके।

भ्रष्टाचारिको आँखाको किरा त गरिब तथा दुखमा परेका नेपालीहरुको लागि भगवान बनेका रवि पत्रकारिता मात्र होइन सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर देखिएका छन। न्युज २४ टिभी च्यानलबाट प्रशारण हुने “सिधा कुरा जनता संग” बाट उनी लगायत अन्य ब्यक्तिहरुले सप्तरीको तिलाठिमा मुसहर बस्ती बनाइदिने टेलिभिजन मार्फत नै घोषणा गरेका छन् । उनले टेलिभिजन मार्फत सबैलाई सहयोगको लागि अपिल समेत गरे र त्यही अपिल सुनी हजारौ नेपालीले उनले सुरु गरेका मुसहर बस्ती निर्माण अभियानमा साथ दिन आर्थिक सहयोग गरे। र त्यही सहयोगका उनी लगायत “सिधा कुरा जनता संग” को टोलिले सोमबार सप्तरीको तिलाठीमा मुसहर बस्तीको शिलान्यास गरे र जति सक्दो चाडो बस्ती निर्माण गरि सकेर मुसहर समुदायका स्थानीय बसोबास गर्ने परिवारलाई हस्तान्तरण गर्ने उधघोष गरेका छन् ।

मुसहर बस्ति बनाउने कार्यमा जो कसैले आर्थिक सहयोग गर्न सक्ने भन्दै लामिछानेले सहयोगी हातहरुलाइ धन्यवाद ज्ञापन गरे।

यो पनि हेर्नुहोला:
Comments
Loading...