Nepali News Portal

बङ्गलादेशमा भागदौड मच्चिंदा दश जनाको मृत्यु

0

 एजेन्सी,पुस ३
बङ्गलादेशमा एक जना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड मच्चिंदा कम्तिमा दश जनाको मृत्यु भएको छ । बङ्गलादेशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ सहरमा सोमबार भएको घटनामा परी ५० जना घाइते भएका छन् । चिट्टागोङ महानगर प्रहरीका प्रमुख इक्वाल बाहारले घटनामा परी दश जनाको मृत्यु भएको पुष्टि गरे ।

घाइतेमध्ये दश जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए । चिट्टागोङमा रहेको रिमा कम्युनिटी सेन्टरमा शोकका लागि भेला भएकाहरूबीच भागदौड मच्चिएको हो । सो ठाँउमा विषेश गरेर गैरमुस्लिम मानिसका लागि खानाको व्यवस्था गरिएको थियो । मृत्यु हुनेमध्ये अधिकांशको भीडमा अक्सिजनको कमी भई श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ ।

प्रधानमन्त्री सेख हसिनाको सत्तारुढ दल बङ्गलादेश अवामी लिगका नेता एविएम मोहिउद्धिन चौधरीको निधनमा शोक व्यक्त गर्न उनीहरू भेला भएका थिए । चिट्टागोङका मेयरसमेत भइसकेका चौधरीको यही डिसेम्बर १५ तारिखका दिन निधन भएको हो । उनी झन्डै पाँच दशकदेखि राजनीतिम सक्रिय थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...