एउटा युगको अन्त्य : फुटबलबाट काकाले लिए सन्यास

0

एजेन्सी, पुस ३
ब्राजिलका पूर्वखेलाडी (मिडफिल्डर) काकाले फुटबलबाट सन्यास लिएका छन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट यसअघि नै सन्यास लिएकोमा अब भने पूर्ण रूपमा फुटबलबाट घोषणा गरेका हुन् । काकाले आइतबार सन्यास घोषणा गरेका हुन् । उनी सन् २००२ मा ब्राजिलले विश्वकप फुटबलको उपाधि जित्दा टिमका मुख्य सदस्य थिए । एकबेला स्पेनिस क्लब रियल मड्रिडमा चम्किएका काका इटालियन क्लब एसी मिलानमा समेत रहेर खेले ।

पछिल्लो समय भने काका एमएलएस क्लब ओरल्यान्डो सिटीबाट खेलिरहेका थिए । सोहीक्रमा उनले सन्यास लिएका हुन् । आफ्नो समयका स्टार काकाले आफ्नो खेल जीवन ब्राजिलियन क्लब साओ पाउलोबाट आरम्भ गरेका थिए । उनले जीवनको अन्तिम खेल गत अक्टोबरमा ओरल्यान्डोका लागि खेलेका थिए ।

काका त्यस्ता खेलाडी हुन्, जसले विश्वकप, युरोपियन कप–च्याम्पियन्स लिग र बालोन डि’ओर तीनै उपाधि जित्ने जम्मा ८ जना खेलाडीमध्ये एक जनामा पर्छन् । काकाले ब्राजिलबाट कूल ९२ खेल खेलेका छन् । र, उनले देशका लागि कूल २९ गोल गरेका छन् । सन् २००२ मा ब्राजिलबाट विश्वकप जितेका काकाले सन् २००७ मा एसी मिलानबाट च्याम्पियन्स लिगको उपाधि जित्दा त्यसै वर्ष फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि’ओर जितेका थिए ।

काका सन् २००९ को जुनमा त्यस बेलाको कीर्तिमानी मूल्य ५६ मिलियन पाउन्डमा रियल मड्रिडमा आएका थिए । रियलबाट उनले सन् २०११ मा कोपा डेल रे तथा सन् २०१२ मा ला लिगा उपाधि जिताए । सन् २०१३ मा काका आफ्नो पूर्वक्लब नै फिर्ता गए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW