आँधी र पहिरोले २६ जनाको ज्यान लियो

0

 एजेन्सी, पुस ३
फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधी र पहिरोका कारण कम्तिमा २६ जनाको मृत्यु भएको छ । यस प्राकृतिक प्रकोपका कारण करिब ४६ जना नागरिक बेपत्ता भएको सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् । बिलिरन, लेएटे पूर्वी समार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ । बेपत्ता भएका व्यक्तिहरु फिलिपिन्सको मध्य प्रान्त रोमब्लोनका रहेको जनाइएको छ ।

फिलिपिन्सका केही प्रान्तहरूमा गत शनिबारबाट शुरु भएको बर्षापछि बाढी र पहिरोले सताएको हो । शनिबारबाट सुरु भएको यस आँधीको कारण कैयौँ उडानहरु र डुङ्गाबाट गरिने यात्रा पनि अवरूद्ध भएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW