पहिलो नेपाली यौन चलचित्र ‘मिस्टर भर्जिन’ मा मरिस्का र गौरव

0

युवा पुस्ताको यौन मनोविज्ञानको कथालाई लिएर नेपाली चलचित्र ’मिस्टर भर्जिन’ बन्ने भएको छ ।

बुधवार एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो भने वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्देशक विशारद बस्नेतले डेब्यु गर्दै चलचित्रको निर्देशन गर्दैछन् ।

चलचित्र ’मिस्टर भर्जिन’मा गौरब पहारी, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, बिजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य अभिनय रहनेछ ।

यहि महिना देखि छायांकन सुरु गरिने चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहेन फिल्ममा सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ ।

खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको संयुक्त लगानी रहेको छ फिल्ममा सह निर्माताका रुपमा सन्दिप उप्रेती र मनिष खत्री रहेका छन् ।

चलचित्र “मिस्टर भर्जिन” लाई बैशाखको अन्तिम साता प्रर्दशन गर्ने लक्ष्य राखिएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW