Nepali News Portal

सार्वजनिक भयो बहुप्रतिक्षित चलचित्र ‘कृ’को पोस्टर

0

कोशी अनलाइन
अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’को पोस्टर आज सार्वजनिक गरिएको छ ।

यहि माघ २६ गतेलाई रिलिज मिति तोकेको चलचित्र ‘कृ’ले आफ्नो प्रचार प्रसार तिब्र पारेको छ । सम्पूर्ण टिमले एकसाथ सामाजिक संजालमा आज रोमान्टिक पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा नायक र नायिकालाई एक अर्कामा हराईरहेको देख्न सकिन्छ।

केहि समय अघि एक्सन अवतारमा अनमोलको फोटो पोस्टर सार्वजनिक गरेको चलचित्र ‘कृ’को निर्माण टिमले यहि शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गर्ने भएको छ ।

‘कृ’लाई भुवन केसी ले निर्माण गरेका हुन् भने सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसीका अलावा अदिति बुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपबिक्रम शाही, कामेश्वर चौरसिया लगायातका कलाकारको पनि अभिनय रहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...