माघ २६ बाट फाल्गुन ४ पुग्यो “कान्छी”, “कृ” संग नजुध्ने

0

कोशी अनलाइन
यहि माघ २६ गतेलाई आफ्नो रिलिज मिति घोषणा गरेको चलचित्र “कान्छी” ले आफ्नो रिलिज मिति सारेको छ ।

स्वेता खड्काको प्रस्तुति चलचित्र ‘कान्छी’ माघ २६ मा अनमोल केसी को चलचित्र ‘कृ’ संग जुध्ने लगभग पक्का पक्कि भइसकेको थियो । तर रिलिजको मिति वर आउदै गर्दा ‘कान्छी’कि नायिका एवं निर्मात्री स्वेता खड्काले आफ्नो चलचित्र फाल्गुन ४ गते रिलिज हुने जानकारी दिईन ।

आफ्नो फेसबुक एकाउण्टमा एक स्टटास लेख्दै स्वेताले चलचित्रको रिलिज मिति सरेको बताएकी हुन् । तर चलचित्र ‘कृ’ र ‘कान्छी’ दुवै दर्शकहरुले खुबै पर्खिनु भएको चलचित्र भएकोले एकै चोटी जुधाउन भन्दा केहि पर आफुले रिलिज मिति सारेको स्वेता बताउँछिन ।

‘कान्छी’ मा स्वेताको साथमा नायक दयाहांग राईको पनि अभिनय रहेको छ भने, चलचित्रको गित सार्वजनिक भएसंगै चलचित्रको चर्चा निकै चुलिएको छ । त्यसै गरि उता भुवन केसी को प्रस्तुति चलचित्र ‘कृ’ पनि अनमोल केसीको क्रेजकै कारण पोस्टर सार्वजनिक भएपछि औधि चर्चा कमाउन सफल भएको छ ।

आदरणिय मेरा शुभचिन्तक, सुवेच्छुक तथा दर्शक महानुभावहरु लगाएत कलाकर्मी र संचार्कर्मी ज्युहरु मैले जीवनसाथिको रुपमा चुने…

Posted by Shweta Khadka on Monday, December 11, 2017

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW