Nepali News Portal

‘चुनाव मैले नै जित्छु’ : सिटौला

0

 झापा, मङ्सिर २१
झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनमा आफू नै विजयी हुने दाबी गरेका छन्। नेता सिटौलाले निर्वाचनमा आफ्नो पक्षमा राम्रो परिणाम आउने जिकीर गरेका हुन् । झापा क्षेत्र नम्बर १ स्थित कलवलगुडी आधारभूत विद्यालयको मतदानकेन्द्रमा मतदान गरेपछि संचारकर्मीसँग कुरा गर्दै उनले जनता सार्वभौम भएकाले आफूले चाहे अनुसारको प्रतिनिधि चुनेर पठाउने विश्वास पनि व्यक्त गरे । नेता सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनका प्रतिस्पर्धी हुन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...