Nepali News Portal

‘निर्वाचनसँगै विकास र समृद्धिको यात्रा सुरु भयो’: प्रचण्ड

0

 चितवन,मङ्सिर २१
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनसँगै मुलुकमा विकास र समृद्धिको यात्रा सुरु भएको बताएका छन् । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका दाहालले वाम गठबन्धनले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व कायम भई विकास निर्माणको कामले गति लिने विश्वास पनि व्यक्त गरे ।

भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदानकेन्द्रमा मतदान गरेलगत्तै संचारकर्मीमाझ उनले अब मुलुक आर्थिक समृद्धिमा केन्द्रित हुने पनि बताए । अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मत हाल्न पाउँदा गर्वको अनुभूति भएको पनि सुनाए । अध्यक्ष दाहालसँग लोकतान्त्रिक गठबन्धनका तर्फबाट वन तथा भू संरक्षण मन्त्री विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...